PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लिभरपुलको फराकिलो जित



पहिलोपोस्ट

लिभरपुलको फराकिलो जित

कारबाओ कप अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले लिङ्कन सिटीमाथि फराकिलो जित निकालेको छ। सिनसिल बेङ्क स्टेडियममा भएको खेलमा लिभरपुलले ७-२ को फराकिलो जित निकालेको हो।

लिभरपुलको जितमा टाकुमी मिनिमाओ र कर्टिस जोन्सले समान २/२ गोल गर्दा जेर्दन शाचिरी, मार्को ग्रुजिक, डिभोक ओरिगीले १/१ गोल गरे। अर्कोतर्फ लिंकन सिटीका लागि टायो इडुन र लेविस मोन्टस्माले १/१ गोल फर्काए।

खेलपछि लिभरपुलका प्रशिक्षकले जोन्सको प्रदर्शनलाई लिएर फरक क्षमता भन्दै तारिफ गरेका थिए।

खेलमा लिभरपुलले डिफेन्डरहरु रेयस विलियम्स, कोस्टाज सिमिकाजसँगै ४१ मिलियन पाउन्डमा वुल्भसबाट लिभरपुल पुगेका डिओगो जोटालाई डेब्यु गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell