PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आईपीएलमा एउटै खेलमा सर्वाधिक रन जोड्ने खेलाडी, उच्च स्कोर १ सय ७५ रन



पहिलोपोस्ट

आईपीएलमा एउटै खेलमा सर्वाधिक रन जोड्ने खेलाडी, उच्च स्कोर १ सय ७५ रन

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध किंग्स ११ पञ्जाबका कप्तान केएल राहुलले ६९ बलमा १३२ रन जोडे। यो आईपीएलको जारी सिजनको सर्वाधिक स्कोर र पहिलो शतक हो।

राहुलको यो शतक आईपीएलको एउटा खेलमा ब्याट्सम्यानले जोडेको सर्वाधिक स्कोर भने होइन्। यद्यपि आईपीएलमा एउटै म्याचमा जोडेको सर्वाधिक स्कोरको सर्वाधिक ४ भित्र भने राहुलको स्कोर पनि परेको छ।

एउटै खेलमा सर्वाधिक रन ल्याउने खेलाडी

क्रिस गेल 

'युनिभर्सल बोस' को नामले पनि चिनिने गेलले आईपीएलको इतिहासमा एउटा पारीमा सर्वाधिक स्कोर ल्याएका थिए। उनले रोयल च्यालेन्जर्स बेङ्ग्लोरबाट खेल्दै सन् २०१३ मा पुने वारियर्सविरुद्ध ६६ बलमा अविजित १७५ रन बनाएका थिए। उक्त खेल बेङ्ग्लोरले १३० रनले जितेको थियो।

ब्रेन्डोन म्याकुलम

न्युजिल्याण्डका खेलाडी म्याकुलमले सन् २००८ को आईपीएलमा कोलकता नाइटराइडर्सको तर्फबाट बेङ्ग्लोर विरुद्धको खेलमा अभिजित १५८ रन जोडेका थिए। उनले ७३ बलमा १५८ रन बनाउँदा कोलकताले २२२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर ८२ रनमा अलआउट भएको थियो।

एबि डि भिलियर्स

सन् २०१५ को आईपीएलमा साउथ अफ्रिकन ब्याट्सम्यान डिभिलियर्सले ५९ बलमा अभिजित १३३ रन जोड्दै मुम्बइ इण्डियन्सविरुद्ध उत्कृष्ट पारी खेलेका थिए। उक्त खेलमा बेङ्ग्लोरले १ विकेटको क्षतिमा १३५ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बइ ३९ रनले पराजित भएको थियो।

केएल राहुल

गएरातिको खेलमा केएल राहुलले बेङ्ग्लोरविरुद्ध ६९ बलमा १३२ रन जोडे।  किंग्स ११ पञ्जाबका कप्तान केएल राहुलले शतकिय पारी खेल्दै टिमलाई जिताउँदा आईपीएलमा सबैभन्दा छिटो २ हजार रन बनाउने कीर्तिमानसमेत कायम गरेका थिए। उक्तखेलमा बेङ्ग्लोर ९७ रनको फराकिलो अन्तरले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell