PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटे ओेली र प्रचण्ड, विभिन्न विकल्पमा छलफल



पहिलोपोस्ट

मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटे ओेली र प्रचण्ड, विभिन्न विकल्पमा छलफल
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनगर्ठनको गृहकार्यमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओेली र प्रचण्डबीच यसै विषयलाई लिएर अहिले बालुवाटारमा छफफल भइरहेको छ।

अध्यक्षद्वयबीच बिहीवार मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा झण्डै ३ घण्टा छलफल भएको थियो। बिहीवारको छलफलबाट मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको अध्यक्ष निकट नेताहरु बताउँछन्।

गत आइतवार पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो। बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो। तर, निष्कर्ष भने निस्किन सकेन।

त्यसपछि मंगलवार वालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन। आइतवारको बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड बनाउने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका ओली र पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

अब भने दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको गठनको तयारी थालेका हुन्। केही समयभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ। त्यसो त सोमवारको बैठकले अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई पार्टी एकताको बाँकी काम टुंग्याउने गरी १० दिन भित्र एकताको प्रस्ताव तयार गर्ने जिम्मेवारी पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell