PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एक ३८ वर्षीय युवकमा ६ महिनाको अन्तरमा ३ पटक देखियो कोरोना भाइरस पोजेटिभ



पहिलोपोस्ट

एक ३८ वर्षीय युवकमा ६ महिनाको अन्तरमा ३ पटक देखियो कोरोना भाइरस पोजेटिभ
गिट्टी इमेज

त्रिस्सुर : अठ्तीस वर्षीय पाल्लाभेलिल साभियो जोसेफलाई ६ महिनामा तीन पटक कोरोना संक्रमण देखिएको छ। रियल टाइम पोलिमर्सी चेन रियाक्सन (आरटी पीसीआर) परीक्षणमा कोभिड-१९ संक्रमण पटक पटक दोहरिएको पुष्टि भएको हो।

ओमानमा रहेको एएटा इभेन्ट म्यानेजमेन्ट कम्पनीमा सुपरभाइजर रहेका उनी त्यही पहिलो पटक कोभिड १९ को सिकार भएका थिए।

'मलाई मार्चमा परीक्षण गर्दा पोजेटिभ देखियो। चीन भ्रमण गरेर फर्केका साथीबाट ममा संक्रमण सरेको थियो। सास फेर्न कठिन तथा छाती दुख्न थालेपछि मस्कटको निजी अस्पतालमा म भर्ना भएँ। एक सातापछि म डिस्चार्ज भएँ,' जोसेफले भने।

ओमनमा कोरोना भाइरसका कारण अवस्था खराब बन्दै गएपछि उनी घर फर्किए। जुलाईमा उनमा फेरि कोभिड १९ पोजेटिभ देखियो। उनी त्रिस्सुर मेडिकल कलेजको अस्पतालमा भर्ना भए। जुलाई २२ देखि अगस्ट १४ सम्म उनी उपचार गराएर घर गए। तर, त्यसको दुई सातापछि फेरि उनमा भाइरसको संक्रमण देखियो। सेप्टेम्बर ५ मा उनी पुन: अस्पताल भर्ना भए र सेप्टेम्बर ११ मा डिस्चार्ज भए। उनमा एन्टिजेन टेस्ट नेगेटिभ देखिएपछि अस्पतालले घर पठाएको थियो।

चिकित्सकहरुले कोरोना भाइरस नदोहरिने दावी गरिरहेको बेलामा यस्तो केस सार्वजनिक भएको हो। 'यो परीक्षणमा त्रुटि अथवा निस्क्रिय भइसकेको संक्रमणको परिणाम पनि हुनसक्छ जसले अरुलाई सार्दैन,' कोरोना भाइरसको विज्ञ समूहमा रहेका डाक्टर बी एकवालले भने, 'यसमा विस्तृत अनुसन्धान हुन आवश्यक छ।'

राज्य सरकारका स्वास्थ्य सचिव राजन एन खोबरगाडेले यस विषयलाई इन-डेफ्थ अनुसन्धान गर्न लागेको जानकारी दिए।

'खाडीमा रहँदा उनको रिपोर्ट के थियो त्यसको विस्तृत विवरण पाएका छैनौं। कुनै कुनै केसमा चार महिनासम्म पनि आरटी पीसीआर परीक्षणमा पोजेटिभ केस देखिन सक्छ,' त्रिस्सुर जिल्लाका मेडिकल अधिकृत डाक्टर के जे रीनाले भनिन्।

साभियोले भने पहिलो पटक संक्रमण भएदेखि नै सास फेर्न कठिनाई बेहोरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell