PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ



पहिलोपोस्ट

झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर: झापामा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।

झापाको अर्जुनधारा ११ बसपार्क र विर्तामोडबाट विहीवार राती तीन जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका डीएसपी कवीन्द्र कुमार कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा झापा बिर्तामोड-३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी रहेका छन्। त्यस्तै बिर्तामोड-२ का २२ बर्षीय प्रदीप राजवंशी पनि परेका छन्।

विशाल र नरप्रसाद ११ ग्राम ब्राउन सुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार प्रदीप १० ग्राम ब्राउन सुगरसहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेका हुन्।

पक्राउ परेका तिनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell