PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

आईपीएलमा आज चेन्नइ र दिल्ली भिड्दै: जितलाई निरन्तरता दिने होडमा दिल्ली, चेन्नइको दाउ जित निकाल्दै खेलमा फर्कने



पहिलोपोस्ट

आईपीएलमा आज चेन्नइ र दिल्ली भिड्दै: जितलाई निरन्तरता दिने होडमा दिल्ली, चेन्नइको दाउ जित निकाल्दै खेलमा फर्कने

इण्डियन प्रिमियर लिग (आईपीएलमा) आज चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्। जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्‍लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबमाथि संघर्षपूर्ण जित निकालेको थियो।

यी दुई टीमको संरचनाका हिसाबले हेर्ने हो भने दिल्लीलाई युवा खेलाडीहरुको टिम र चेन्नइलाई अनुभवी खेलाडीको टीमका रुपमा हेर्न सकिन्छ। यी दुई टिमबीचका पछिल्ला खेलहरुमा चेन्नइ बलियो देखिन्छ। चेन्नइ र दिल्ली बीचका पछिल्ला ५ खेलहरुमा ४ खेल चेन्नइले र १ खेल दिल्लीले जितेको छ। दिल्लीका इसान्त शर्मा र रविचन्द्र आश्विन चोटका कारण खेलमा सहभागी नहुने सम्भावना रहँदा दिल्लीको बलिङमा परिवर्तनको सम्भावना देखिन्छ। यद्यपि भारतीय सञ्चारमाध्यमहरुको विश्लेषणलाई आधार मान्ने हो भने नेपाली स्पीनर सन्दीप लामिछानेको आजको खेल खेल्ने सम्भावना भने कम छ।

पहिलो खेलमा जित निकालेको दिल्ली जितको शृङ्खलालाई निरन्तरता दिन चाहन्छ भने आफ्नो दोस्रो खेलमा पराजय भोगेको चेन्नइ दिल्लीमाथि जित निकाल्दै खेलमा फर्कन चाहन्छ। अघिल्लो खेलमा ब्याटिङ अर्डरको विषयलाई लिएर चेन्नइका कप्तान महेन्द्रसिंह धोनीको आलोचनासमेत भएको थियो।

खेल दुबइ इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell