PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मार्सेलीका खेलाडीलाई लक्षित गरेर थुकेको आरोपमा डी मारिया चार खेलमा निलम्बन



पहिलोपोस्ट

मार्सेलीका खेलाडीलाई लक्षित गरेर थुकेको आरोपमा डी मारिया चार खेलमा निलम्बन

मार्सेलीका खेलाडीलाई लक्षित गर्दै थुकेको आरोपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का विंगर एन्जेल डी मारिया ४ खेलका लागि निलम्बनमा परेका छन्। फ्रेन्च लिग वान अन्तर्गतको परम्परागत 'दुस्मन' मानिने मार्सेली र पीएसजीबीचको खेल सकिँदै गर्दा झगडा परेको थियो। जसमा नेइमारलगायतका ५ खेलाडी रातो कार्ड खाएका थिए।

झगडा गर्ने खेलाडीहरु यसअघि नै कारवाहीमा परिसके पनि डि मारिया भने कार्वाहीमा परेका थिएनन्। नेइमारले रंगभेदको आरोप लगाएका अल्भेरो गोञ्जालेसतर्फ डी मारियाले थुकेको भन्दै लिग वानले उनीमाथि ४ खेलका लागि निलम्बन गरेको हो।

उक्त खेलमा पीएसजी १-० ले पराजित भएको थियो।

पीएसजीका ब्राजिलियन स्ट्राइकर नेइमारले दुई खेलमा निलम्बन ब्यहोरेका थिए। उनले मार्सेलीका डिफेन्डर गोन्जालेजलाई टाउकोमा प्रहार गरेका उनी गोञ्जालेजमाथि रंगभेदी गाली गरेको आरोप लगाएका थिए। गोञ्जालेजले भने उनको आरोप अस्वीकार गर्दै आएका छन्।

नेइमारसँगै रेडकार्ड खाने अरु खेलाडीले पनि निलम्वन भोगेका थिए। जसमा पीएसजीका डिफेन्डर लेइभिन कुर्जावाले ६ खेलको निलम्वन भोगेका छन्। त्यस्तै पीएसजीको लिओनार्दो परेडिजले पनि २ खेलमा निलम्वन व्यहोरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell