PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन, ४० हजार गीत गाए, ६ पटक नेशनल अवार्ड



पहिलोपोस्ट

भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन, ४० हजार गीत गाए, ६ पटक नेशनल अवार्ड

भारतका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ।

७४ वर्षको उमेरमा बालासुब्रमण्यले शुक्रवार चेन्नईको एक अस्पतालमा अन्तिम श्वास लिएका हुन्। पछिल्ला दिनहरुमा उनको स्वास्थ्य अवस्था विग्रिँदै गएको थियो। लाइफ सपोर्टमा राखिएको थियो।

बालासुब्रमण्यमा ५ अगस्टमा कोरोना पोजेटिभ देखिएको थियो। चेन्नईको एक निजी अस्पतालमा उपचारपछि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

बलिउडमा बालासुब्रामण्यमको स्वरलाई सलमानको खानको भनेर चिनिन्थ्यो। आफ्नो करियरमा उनले विभिन्न भाषामा ४० हजार बढी गीत गाएका छन् भने ६ पटक नेशनल अवार्ड जितेका छन्।

'मैंने प्यार किया'को गीत 'साजन' होस् वा 'हम आपके हैं कौन', यी सबै फिल्ममा बालासुब्रामण्यमकै आवाज छ। चेन्नई एक्प्रेसको टाइटल गीत पनि बालासुब्रामण्यमले नै गाएका हुन्।

८० को दशकदेखि उनले निरन्तर गाएका छन्। दक्षिण भारतमा जन्मिएका बालासुब्रामण्यमको त्यहाँ पनि राम्रो क्रेज छ। उनी मोहम्मद रफीका फ्यान थिए।

गायनका साथै संगीत निर्देशनमा पनि उनले काम गरे। बालासुब्रमण्यमले ६० को दशकदेखि गाउन सुरु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell