PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

काठमाडौंबाट मावल आएकी १३ वर्षीया बालिकाको चार तला माथिबाट खसेर मृत्यु



पहिलोपोस्ट

काठमाडौंबाट मावल आएकी १३ वर्षीया बालिकाको चार तला माथिबाट खसेर मृत्यु

विराटनगर: घरको छतबाट खसेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ।

झापाको विर्तामोड-५ स्थित एक घरको चार तलामाथि छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बिहीवार राती १० बजे खाना खाइसकेपछि घरको छतमा गई छतबाट तल भुईमा हेर्ने क्रममा अचानक लड्दा उनी गम्भीर घाइते भएकी थिइन्। तत्काल उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतक बालिका ५ दिनअघि मात्र काठमाडौंबाट मावली घर आएकी हुन्। मावली घरकै चार तला माथिको छतबाट झरेर उनको मृत्यु भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell