PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा ६ जनाको मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं:  नेपालमा कोभिड १९ संक्रमितको संख्या ७० हजार नाघेको छ। शुक्रवार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै ७० हजार नाघेको हो।

१२ हजार २ सय ६२ को पीसीआर गर्दा शुक्रवार १ हजार ३ सय १३ लाई संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रवक्ता डा. जागेश्वर गौतमले १८ हजार २ सय  ८९ जना सक्रिय संक्रमित रहेको बताए। ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

हाल नेपालममा संक्रमितको संख्या ७० हजार ६ सय १४ छ भने शुक्रवार ६ जनाको मृत्यु भएसँगै मृतक संख्या ४ सय ५९ छ।

आज १४ सय ५५ जना निको भएसँगै संक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell