PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ कोरोना अपडेट : मोरङका ४१ सहित ८५ जनामा संक्रमण पुष्टि, ३८ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ कोरोना अपडेट : मोरङका ४१ सहित ८५ जनामा संक्रमण पुष्टि, ३८ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा शुक्रवार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा २० महिला र ६५ पुरुष रहेका छन्। शुक्रवार थपिएका संक्रमितहरुमा मोरङका ४१, सुनसरीका २५, झापाका १२, ताप्लेजुङका १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८ महिला र १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३/३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १/१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको छ। 

त्यस्तै, सुनसरीको इटहरीमा २ महिला र १३ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, इनरुवामा १ महिला र २ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, धरानमा १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, झापाको भद्रपुरमा १ महिला र ९ पुरुष, विर्तामोड र दमकमा १/१ महिला शुक्रवार संक्रमित भएका छन्।

ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ५ पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ।

प्रदेश १ मा शुक्रवार ३८ जना डिस्चार्ज भएका छन्। शुक्रवार कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आइसोलेसन केन्द्रबाट ८, होम आइसोलेसनबाट ८ जना डिस्चार्ज भएका छन्। त्यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना पनि डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ।

प्रदेश १ मा शुक्रवार ६ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख १९ हजार ४ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell