काठमाडौँः लोक सेवा आयोगले कोरोनाका कारण रोकिएका परीक्षाहरु कात्तिकबाट पुनः सञ्चालन गर्ने भएको छ। आयोगले प्रथम चरणको लिखित परीक्षा सञ्चालन भइसके पनि दोस्रो चरणको रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगको निर्णय अनुसार शाखा अधिकृत वा सो सरहका अन्य सेवा÷समूहको परीक्षा कात्तिक १८ गतेबाट हुनेछ।
यस्तै, नायब सुब्बा वा सो सरहको परीक्षा मंसिरमा गर्ने आयोगको निर्णयमा उल्लेख छ।
आयोगले विशेष अवस्थामा परीक्षा सञ्चालन गर्नेसम्बन्धी मापदण्ड स्वीकृत गर्दै परीक्षा सञ्चालनको निर्णय गरेको हो।
