PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बुटवलका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु



पहिलोपोस्ट

बुटवलका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
फाइल फोटो।

काठमाडौं : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० निवासी ७२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रवार मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल (कोरोना विशेष अस्पताल धागो कारखाना)मा उनको शुक्रवार दिउँसो २ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका उनलाई शुक्रवार नै अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरसहितको सघन कक्षमा उपचार भइरहँदा उनको मृत्यु भएको अस्पतालको भनाइ छ।

उनमा मिर्गौलासम्बन्धी समस्या समेत रहेको बताइएको छ। उनको स्वास्थ्य थप गम्भीर हुँदै जाँदा शुक्रवार दिउँसो मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell