इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापटिल्स टस हारेर ब्याटिङमा उत्रँदै छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा चेन्नइले टस जितेर दिल्लीलाई ब्याटिङको निम्ता दिएको हो।
त्यस्तै चेन्नइविरुद्धको खेलमा दिल्लीको अन्तिम ११ मा नेपाली स्पीनर सन्दीप लामिछाने अटाएका छैनन्। जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबमाथि संघर्षपूर्ण जित निकालेको थियो।
प्लेइङ ११
दिल्ली क्यापिटल्स: पृथ्वी श, शिखर धवन, सिमरन हिटमायर, श्रेयस ऐय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्तजे, अभेस खान
चेन्नइ सुपरकिंग्स: मुरली विजय, शेन वाटसन्, फाफ डु प्लेसिस, रुतुराज गाइकवाड, महेन्द्रसिंह धोनी (कप्तान), केदार जादब, रबिन्द्र जडेजा, साम करन, पियुस चावला, दीपक चाहर, जोस हेजलउड
