PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पृथ्वी श को अर्धशतकमा दिल्लीले चेन्नइलाई दियो १ सय ७६ रनको लक्ष्य



पहिलोपोस्ट

पृथ्वी श को अर्धशतकमा दिल्लीले चेन्नइलाई दियो १ सय ७६ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापटिल्सले चेन्नइ सुपरकिंग्सलाई १७६ रनको लक्ष्य दिएको छ।

दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन जोडेको हो।

दिल्लीका लागि पृथ्वी शले ६४ रनको अर्शतकीय पारी खेल्दै दिल्लीको स्कोर उकासेका थिए। त्यसबाहेक ऋषभ पन्तले अभिजित ३७ रन बनाउँदा शिखर धवन ३५ रनमा र कप्तान श्रेयस ऐय्यर ३२ रनमा आउट भए। त्यस्तै मार्कस स्टोइनिस ५ रनमा अभिजित रहे।

उता चेन्नइका लागि पियुस चावलाले २ विकेट लिँदा साम करनले १ विकेट लिए।

चेन्नइविरुद्धको खेलमा दिल्लीको अन्तिम ११ मा नेपाली स्पीनर सन्दीप लामिछाने अटाएका छैनन्। जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्‍लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबमाथि संघर्षपूर्ण जित निकालेको थियो।

अन्तिम ११

दिल्ली क्यापिटल्स: पृथ्वी श, शिखर धवन, सिमरन हिटमायर, श्रेयस ऐय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्तजे, अभेस खान

चेन्नइ सुपरकिंग्स: मुरली विजय, शेन वाटसन्, फाफ डु प्लेसिस, रुतुराज गाइकवाड, महेन्द्रसिंह धोनी (कप्तान), केदार जादब, रबिन्द्र जडेजा, साम करन, पियुस चावला, दीपक चाहर, जोस हेजलउड

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell