इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा दिल्ली क्यापटिल्सले चेन्नइ सुपरकिंग्सलाई ४४ रनले हराएको छ।
दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन जोडेको थियो।
जसका लागि पृथ्वी शले ६४ रनको अर्शतकीय पारी खेल्दै दिल्लीको स्कोर उकासेका थिए। त्यसबाहेक ऋषभ पन्तले अभिजित ३७ रन बनाउँदा शिखर धवन ३५ रनमा र कप्तान श्रेयस ऐय्यर ३२ रनमा आउट भए। त्यस्तै मार्कस स्टोइनिस ५ रनमा अभिजित रहे।
उता चेन्नइका लागि पियुस चावलाले २ विकेट लिँदा साम करनले १ विकेट लिए।
१७६ रनको औशत लक्ष्य पछ्याएको चेन्नइ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रनमा समेटियो।
चेन्नइका लागि फाफ डुप्लिसिसले सर्वाधिक ४३ रन बनाउँदा केदार जादबले २६ रन तथा कप्तान महेन्द्रसिंह धोनीले १५ रन जोडे।
दिल्लीका लागि कागिसो रवाडाले ३, एनरिच नोर्टजे २ र अक्षर पटेलले १ विकेट लिए।
जारी सिजनमा चेन्नइको यो तेस्रो खेल हो भने दिल्लीको दोस्रो खेल हो। यसअघिका खेलमा चेन्नइले पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई हराएको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। उता दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स ११ पञ्जाबमाथि जित निकालेको थियो।
