PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

दुरको हुम्ला विवादको बहसले केन्द्रमा आउँदा खुलेका सुन्दर पाटाहरु

दुरको हुम्ला विवादको बहसले केन्द्रमा आउँदा खुलेका सुन्दर पाटाहरु

कमलराज भट्ट/पहिलोपोस्ट


काठमाडौं : नेपाल चीन सीमासँग जोडिएर बहस सार्वजनिक भइरहँदा दुरको जिल्ला हुम्ला एकाएक केन्द्रीय चासो बन्न पुग्यो। विवाद सुल्ट्याउने गरी सीमा स्तम्भ भेटिएको तस्बिर पनि सार्वजनिक भयो। सँगै सार्वजनिक भयो सुन्दुर हुम्लाका दृष्यहरु।

त्यसो त सीमा स्तम्भ हराउँदा यहाँको विवाद बेलाबेला उठ्दै आएको थियो। राज्यको खासै नजर नपरेको हुम्लाले यसपालि भने स्थानीयदेखि केन्द्र सरकारकै ध्यान खिच्यो। उत्‍तरी छिमेकी चीनले पनि चासो देखायो।

नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको हिमाल पारीको गाउँ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएको खबरहरु आएपछि चर्चाको केन्द्रमा रह्यो यो ठाउँ। ११ नम्बर स्तम्भ नहुँदा उक्त भवनहरु नेपालमा कि चीनमा भन्ने अन्यौलता रहिरह्यो। चीनले नक्सा देखाएर आफ्नो भएको दावी गर्‍यो। नेपालसँग पिल्लर नभेटिँदा भने प्रमाण थिएन।

यसैक्रममा गत शनिवार प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरी, सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरी बलका डीएसपी मोहन विष्ट, नेपाल प्रहरीका जिल्ला प्रमुख, नेपाली सेनाका मेजर, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, गाउँपालिका प्रमुखको टोली सीमा क्षेत्रको निरीक्षणमा हिँड्यो। उद्देश्य थियो, पहिलो चीनले बनाएको भवन निरीक्षण र दोस्रो थियो ११ नम्बर पिल्लरको खोजी। अन्तत: टोलीले दुवै काम सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार ११ नम्बर पिल्लर नाम्खा-६ लिमीको माथि ताकु लेकमा फेला परेको छ। पिल्लरका आधारमा चीनले बनाएको भवनको पनि निर्क्यौल भएको छ। उक्त भूमि चीनमै पर्ने र कुनै विवाद नरहेको टोलीको निष्कर्ष छ।

आइतवार चिनियाँ पक्षसँग भवनबारे कुरा गरेको टोलीले सोमवारदेखि हिल्साबाट पिल्लरको खोजी सुरु गरेको थियो। ५ हजार मिटर उचाईमा ३ दिन लगाएर टोलीले पिल्लर भेटायो। २०१९ सालमा गाडिएको उक्त पिल्लर समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा माटो र ढुंगाभित्र पुरिएको अवस्थामा फेला पर्‍यो।

गाउँपालिका अध्यक्ष लामाका अनुसार २०५७ सालदेखि पिल्लरको निरीक्षण नहुँदा हराएको थियो।

सीडीओको टोलीले नेपाल चीन नाका हिल्सा खोजी सुरु गर्‍यो र फेला पार्‍यो। हिल्लाबाट पिल्लरसम्म पुग्न ६ घण्‍टा लाग्छ।

यसपालि टोलीले हुम्लाको अन्तिम सीमा १२ नम्बर पिल्लरको पनि अवलोकन गर्‍यो। जुन ११ नम्बरभन्दा अझै उचाईमा छ। साथै १० नम्बर र ७ नम्बर पिल्लरको पनि अवलोकन गरेको छ। टोलीका अनुसार सबै पिल्लर दुरुस्त छन्। सीमामा सबै कुरा नर्मल छ।

टोली आफ्नो यात्राका क्रममा पिल्लरको निरीक्षण, चिनियाँले बनाएको भवन, पहाडहरु, हिमालमा देखिने मानसरोवरको चुचुरो कैद गरेको छ। तस्विरमा हेर्नुस् मानसरोवरको फेदमा हुम्लाको मनमोहक दृश्य। जसले सीमाको ताजा अवस्था देखाउँछ।



ट्रेन्डिङ पोस्ट

Ncell