PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु



रासस

माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाः झापाको बिर्तामोड नगरपालिकामा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रवार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो। माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell