PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कक्षा ११ र १२ को पाठ्यक्रम गणित, विज्ञान तथा प्रविधि विरोधी रहेको भन्दै माइतीघरमा प्रदर्शन

कक्षा ११ र १२ को पाठ्यक्रम गणित, विज्ञान तथा प्रविधि विरोधी रहेको भन्दै माइतीघरमा प्रदर्शन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौंको माइतीघरमा दिउँसो ११ बजे गणित शिक्षकहरुले प्रदर्शन गरे।  

शिक्षा मन्त्रालयले चालू शैक्षिक सत्रदेखि लागू गर्न खोजेको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप गणित एवं विज्ञान तथा प्रविधि विरोधी रहेको आरोप लगाउँदै शिक्षकहरु प्रदर्शनमा उत्रेका हुन्।

नेपाल गणित समाजले आयोजना गरेको प्रदर्शनमा उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनीसमेत दिए।

प्रदर्शनमा उनीहरुले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गर! गणित विषयको दायरा संकुचित नगर! स्टिम शिक्षाको महत्व बुझ! गणित बिनाको विज्ञान र प्रविधि, हुँदैन विकास हुँदैन प्रगतिलगायतका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell