PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

चितवनमा कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु

चितवनः चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए।

उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो। उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो। उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell