PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

पर्सामा फेरि बढ्न थाल्यो कोभिड-१९ संक्रमतिको संख्या, १९२ परीक्षण गर्दा २७ जनामा पोजेटिभ



राधेश्याम पटेल

पर्सामा फेरि बढ्न थाल्यो कोभिड-१९ संक्रमतिको संख्या, १९२ परीक्षण गर्दा २७ जनामा पोजेटिभ

वीरगंज : पर्सामा फेरि कोभिड-१९ सङ्क्रमणको दर बढ्न थालेको छ। असोज ९ गते नारायणी अस्पतालमा भएको कुल १९२ जनाको स्वाब परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जसमा रौतहटका १ जना, बाराका ३ जना र २३ जना पर्साका रहेका छन्। ८ वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका २७ जनामा १७ जना पुरुष र १० जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। उनका अनुसार पर्साको १ सय ६६ नमुनामध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसैगरी, शुभश्री जगदम्बा सिमेन्ट प्रालि छाता पिपराका कर्मचारी र मजदुरमध्येका २६ जनाको स्वाब परीक्षण भएको थियो। कोरोना पुष्टि भएका २७ जनाको सिटी भ्यालु १४ देखि ३४ सम्म रहेको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ। पर्साका २३ जनामा सबैभन्दा बढी कालिकामाई गाउँपालिका ११ जना,वीरगंज महानगरपालिका ९ जना,जगरनाथपुर गाउँपालिका १ जना, खुवाप्रसौनी –२ का १ जना, बहुदरमाई नगरपालिका –७ का १ जना गरी कुल २३ जना रहेका छन्।

वीरगंज महानगरको वडा नम्बर ४ का ३ जना, १४ का २ जना, १० का १ जना, २५ का १ जना, २७ का १ जना,२ का १ जना गरी कुल ९ जना रहेका छन्। त्यसैगरी, कालिकामाई गाउँपालिका १ नम्बर वडाका कन्ट्याक्ट ट्रेसिङबाट ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यसअघि यो वडामा फेला परेका ४ जना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell