PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ मा शनिवार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११९ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा शनिवार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११९ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा शनिवार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिवार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकामा ४१ महिला र ६५ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

जसमध्ये मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष रहेका छन्। त्यस्तै, मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनबर्षी र जहदामा १/१ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

सुनसरीको धरानमा ३ महिला र ८ पुरुष, इटहरीमा ४ महिला र ६ पुरुष, गढी र बर्जुमा १/१ महिला, दुहवीमा १ पुरुषसंक्रमित भएका छन्।

झापाको विर्तामोडमा १ महिला र २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र कनकाईमा १/१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५५ पुगेको छ। प्रदेश १ मा शनिवार १ सय १९ जना डिस्चार्ज भएका छन्।

शनिवार होम आइसोलेसनबाट मात्र ८९ जना डिस्चार्ज भएका छन्। त्यस्तै, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकलकलेजबाट ३, भानुजन मावि आइसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आइसोलेसन, विराटनगर र कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १/१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ८८ पुगेको छ।

प्रदेश १ मा शनिवार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell