PahiloPost

Jan 31, 2026 | १८ माघ २०८२

सप्तरीका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु



फूलमाया पुरी

सप्तरीका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

विराटनगर : सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पुरुषको शनिवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

प्रवक्ता डा सापकोटाका अनुसार सप्तरीको राजबिराज ३ का ६३ वर्षीय पुरुषको शुक्रवार राति १:३० बजे मृत्यु भएको हो।

मोरङको विराट मेडिकल कलेजबाट रेफर भएका ती व्यक्तिमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो। कुनै पनि दीर्घ रोग नभएका ती व्यक्तिमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिष्ठानकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएपछि सोही दिन दिउँसो ३:१२ बजे ती व्यक्तिलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएका ती व्यक्तिलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उनको नियम अनुसार नै शव व्यवस्थापन गरिएको प्रतिष्ठानका प्रवक्ता डा सापकोटाले जानकारी दिए।

यससँगै विपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell