PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सम्झना विक हत्याका दोषीलाई कारबाही गर्न नेविसंघको माग



पहिलोपोस्ट

सम्झना विक हत्याका दोषीलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौँः बझाङको मस्टा गाउँपालिकामा बलात्कारपछि हत्या गरिएको भनिएकी सम्झना विक प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ। अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेका हुन्।

१२ वर्षीय विकको शव मन्दिरमा भेटिएको थियो। शरीरमा चोटपटक लागेको अवस्थामा शव भेटिएको थियो।

नेविसंघले बलात्कारजस्तो गम्भीर अपराधका घटना बढिरहेको भन्दै सजायका लागि कडा कानुनी व्यवस्थाको पनि माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell