PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोरोना संक्रमणबाट बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुखको मृत्यु



रासस

कोरोना संक्रमणबाट बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुखको मृत्यु

राँझा : बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु भएको छ। फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमै बस्दै आएका थिए।

शनिबार श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell