PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

डर्टमण्डको आउग्सबर्गसँग अप्रत्यासित हार



पहिलोपोस्ट

डर्टमण्डको आउग्सबर्गसँग अप्रत्यासित हार

जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा बोरुसिया डर्टमण्डले आउग्सबर्गसँग अप्रत्यासित हार ब्यहोरेको छ। डब्लुडब्लुके एरेनामा भएको खेलमा घरेलु टोलीले डर्टमण्डलाई २-० ले हराएको हो।

आउग्सबर्गको जितमा फिलिक्स उडुओखइ र ड्यानियल कालिग्युरीले क्रमश खेलको ४० र ५४ औं मिनेटमा गोल गरे। ६ हजार दर्शकका बीच भएको खेलमा बुण्डेसलिगाको महारथी मध्येको मानिने डर्टमण्ड पराजित भएको हो।

यद्यपि खेलको ८० प्रतिशत समय बल डर्टमण्डको नियन्त्रणमा थियो। त्यस्तै डर्टमण्डका लागि अर्लिङ हल्याण्डले केही राम्रा अवसरहरु सिर्जना गरे पनि आउग्सबर्गका गोलकिपर राफल जिकिइविक्जले विफल गरिदिएका थिए। जितसँगै सिजनका दुई खेल जितेको आउग्सबर्ग अंकतालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell