PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हैदराबादमाथि कोलकताको शानदार जित, शुभमन गिलको अर्धशतक



पहिलोपोस्ट

हैदराबादमाथि कोलकताको शानदार जित, शुभमन गिलको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादमाथि कोलकता नाइट राइडर्सले ७ विकेटको सानदार जित निकालेको छ।

शेख जायद स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो। १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकताले  १८ ओभर सकिँदा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको हैदराबादका लागि मनिष पाण्डेले अर्शतकीय पारि खेल्दै सर्वाधिक ५१ रन, कप्तान डेभिड वार्नरले ३६ बनाउँदा ऋद्धिमान शाह ३० रनमा रनआउट भएका थिए।

उता कोलकताका लागि प्याट कमिङ्स, बरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए।

त्यस्तै जवाफी ब्याटिङमा उत्रिएको कोलकताका लागि शुभमन गिलले शर्वाधिक ७० रन जोड्दा इयोन मोर्गन ४२ रनमा अभिजित रहे। त्यस्तै नितिश रानाले २६ रन जोडे।

हैदराबादका लागि खालिल अहमेद, टी नटराजन र र राशिद खानले १/१ विकेट लिए।

यो हैदराबादको लागातार दोस्रो हार हो भने दुई खेल नै खेलेको कोलकताको पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell