PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पहिलो हाफमा वेस्टब्रुमको तीन गोल, दोस्रो हाफमा चेल्सीको तीन गोल



पहिलोपोस्ट

पहिलो हाफमा वेस्टब्रुमको तीन गोल, दोस्रो हाफमा चेल्सीको तीन गोल

इङग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत गएराति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ। द हावथ्रोन्स स्टेडियममा भएको खेलमा पहिलो हाफमा चेल्सीले दोस्रो हाफमा पुनरागमन गर्दै घरेलु टोलीसँग बराबरी खेलेको हो।

खेलको चौथो मिनेटमै वेस्टब्रुमले खेलमा अग्रता बनाएको थियो। म्याथ्युस परेइराको पासमा कलुम रोबिन्सनले घरेलु टोलीलाई अग्रता दिलाए। रोबिन्सले नै खेलको २५ औं मिनेटमा पनि दोस्रो गोल थपे। त्यसको २ मिनेटभित्रै डार्लिङ फुर्लङ्को पासमा केल बार्टलीले गोल गर्दा पहिलो हाफमा वेस्टब्रुमले ३-० को अग्रता बनायो।

दोस्रो हाफमा चेल्सी खेलमा फर्कियो। खेलको ५५ औं मिनेटमा म्यासन माउन्टले गोल गर्दै खेलमा चेल्सीका लागि खाता खोले। त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कलुम हुडसन ओडोइले ७० औं मिनेटमा गोल गर्दै वेस्टब्रुमसँगको गोलान्तर घटाए। खेलको अतिरिक्त समयमा पुग्दा टमी अब्राहमले गोल गर्दै खेल बराबरीमा ल्याए। र ३ गोलले पछि परिसकेको चेल्सीले घरेलु टोलीसँग अंक बाँड्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell