PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

रियल बेटिसमाथि रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

रियल बेटिसमाथि रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा भएको खेलमा रियल मड्रिडले ३-२ ले खेल आफ्नो पक्षमा पारेको हो।

खेलको १४ औं मिनेटमा करिम बेन्जेमाको पासमा फेड्रेरिको भालभर्डेले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। तर ३५ औं मिनेटमा बेटिसले खेल बराबरीमा ल्यायो। एइसा मण्डीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको दुई मिनेट भित्रै विलियम कार्भलोले गोल गर्दा रियल बेटिसले अग्रता पनि लियो। पहिलो हाफमा बेटस २-१ ले अघि रह्यो।

दोस्रो हाफमा रियल बेटिसका डिफेण्डर इमर्सनले आत्मघाती गोल गरेपछि खेल फेरि बराबरीमा आयो। ४८ औं मिनेटको आत्मघाती गोल गरेका इमर्सन ६७ औं मिनेटमा लुका मोड्रिचलाई फउलगरेपछि रेड कार्डखाँदै बाहिरिए। १० खेलाडीमा सीमित बेटिसका डिफेण्डरले हेण्डबल गरेपछि ८२ औं मिनेटमा मड्रिडले पेनाल्टीको अवसर पायो। जसलाई सदुपयोग गर्दै सर्जियो रामोसले गोल गरे। र, रामोसको गोल खेलमा जित निकाल्नका लागि निर्णायक सावित भयो।

जारी सिजन रियल मड्रिडको यो पहिलो जित हो। यसअघिको खेलमा मड्रिडले भल्लाडोलिडसँग गोलरहित बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell