PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

३५ लाख रुपैयाँ भन्दाबढी मूल्यको अवैध सुन सहित दुई जना समातिए



पहिलोपोस्ट

३५ लाख रुपैयाँ भन्दाबढी मूल्यको अवैध सुन सहित दुई जना समातिए

काठमाडौः प्रहरीले अबैधरुपमा भित्रिएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिवार करिब आधा किलो सुन सहित दुई जनालाई समातेको हो। पक्राउ पर्नेहरूमा डोटी के.आई. सिह गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ४ सय ४० ग्राम सुन फेला पारेको हो। कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सीमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेक गर्दा तयारी सुनका गरगहना सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बरामद गरेको सुनको मूल्य अहिलेको बजार मूल्य ३५ लाख रुपैयाँ भन्दा बढी पर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell