PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

भारतबाट आएका अछामका एक कोभिड १९ संक्रमित पुरुषको मृत्यु  



एम बम

भारतबाट आएका अछामका एक कोभिड १९ संक्रमित पुरुषको मृत्यु  

कैलालीः सुदूरपश्चिमका थप एकजना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ।

डोटी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिवार जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको शनिबार बेलुका नौ बजे मृत्यु भएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell