PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोना संक्रमितको उपचार कसरी हुँदैछ? निजी अस्पतालको अनुगमनमा पुगे संसदको शिक्षा तथा स्वास्थ्य उपसमिति

कोरोना संक्रमितको उपचार कसरी हुँदैछ? निजी अस्पतालको अनुगमनमा पुगे संसदको शिक्षा तथा स्वास्थ्य उपसमिति

समर्थ रञ्जित/पहिलोपोस्ट


कोरोना भाइरस संक्रमितको उपचार कसरी भइरहेको छ भन्नेबारे जानकारी लिन संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका सदस्यहरु निजी अस्पतालको अनुगमनमा निस्केका छन्।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ का विषयमा सरकारका कामहरुबारे अध्ययन र सुझावका लागि सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिती गठन गरेको थियो। 'निजी अस्पतालमा कोभिड-१९ का सन्दर्भमा कस्तो काम भइरहेको छ,सरकार र निजी अस्पतालले सरकारले गरेको निर्णय लागू गरेको छ कि छैन्, अस्पतालसँग सरकारको समन्वय भए नभएकोबारे अनुगमनका लागि आज तीन वटा निजी अस्पताल पुग्यौं, श्रेष्ठले भने

समितिका सदस्यहरु आइतवार तीन अस्पतालमा अनुगमनमा पुग्दैछन्। टोलीमा सांसद जीवनराम श्रेष्ठ, नमिताकुमारी चौधरीलगायत रहेका छन्। 'कोरोना संक्रमितको उपचार कसरी हुँदैछ भन्ने बारे जानकारी लिन हामी अस्पतालहरुको अनुगमनमा छौं,' सांसद चौधरीले भनिन्।

समितिका सदस्यहरु शुरुमा ग्रान्डी अस्पताल पुगेका थिए। अस्पतालका प्रबन्ध निर्देशक डा चक्रराज पाण्डेले ग्रान्डीमा कोभिड संक्रमितको उपचार पारिवारिक वातावरणमा भइरहेको समितिलाई जानकारी दिए। 'प्रोटोकलअनुसार नै कोभिड बिरामीको उपचार हुँदैछ,' डा पाण्डेले भने, 'हामीले सुरक्षा विधि अपनाएर नै उपचार गरिरहेका छौं।' अनुगमन टोली आजै ह्याम्स अस्पताल र केएमसी अस्पताल पुग्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell