PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कुल परीक्षणको १५ प्रतिशतमा संक्रमण, उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि, सबैभन्दा कम प्रदेश २ मा



पहिलोपोस्ट

कुल परीक्षणको १५ प्रतिशतमा संक्रमण, उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि, सबैभन्दा कम प्रदेश २ मा

काठमाडौं : पछिल्लो २४ घण्टामा ४८ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५२४ महिला र एक हजार ४९ पुरुष गरी एक हजार ५७३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

जुन पछिल्लो २४ घण्टामा भएको परीक्षणको १५.५३ प्रतिशत हो। पछिल्लो २४ घण्टामा १० हजार १२३ नमुनाको आरटी पीसीआर परीक्षण भएको थियो।

उपत्यकामा ८०९ जनामा संक्रमण

यसैबीच पछिल्लो २४ घण्टामा भएको परीक्षणमा काठमाडौं उपत्यकामा ८०९ जनामा संक्रमण पुष्टि भएको छ। जुन पछिल्लो २४ घण्टामा देशभर पहिचान भएका संक्रमितको ५१.४३ प्रतिशत हो।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा मात्र ६३३ जना छन्। जसमध्ये २३० महिला र ४०३ पुरुष छन्। त्यस्तै ललितपुरमा ४३ महिला र ६१ पुरुष गरी १०४ जनामा संक्रमण पुष्टि भएको छ। भक्पुर जिल्लामा ७२ जनामा संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशमा मात्र पछिल्लो २४ घण्टामा ९०२ जनामा संक्रमण पुष्टि भएको छ। जुन देशभरको संक्रमणको ५७.३४ प्रतिशत हो। जसमध्ये चितवन जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रदेश ५ मा १६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये रुपन्देहीका ४७ जना छन्। प्रदेश १ मा १५९ जनामा संक्रमण पुष्‍टि हुँदा मोरङममा १५२ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै सुदुरपश्चिम प्रदेशमा ९७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ९२ जना संक्रमित पहिचान भएका  छन् कर्णालीमा। जसमध्ये सुर्खेतमा मात्र ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकी प्रदेशमा ९६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा कम प्रदेश २ मा संक्रमण पुष्टि भएको छ। त्यहाँ ६७ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell