A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab36089abb180.64503198): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab36089abb180.64503198,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab3608a1b6ea9.78192913): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab3608a1b6ea9.78192913,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेशनल मेडिकलको कोभिड अस्पतालमा ३३ जना संक्रमितको उपचार हुँदै, १६ जना आइसीयूमा
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नेशनल मेडिकलको कोभिड अस्पतालमा ३३ जना संक्रमितको उपचार हुँदै, १६ जना आइसीयूमा



राधेश्याम पटेल

नेशनल मेडिकलको कोभिड अस्पतालमा ३३ जना संक्रमितको उपचार हुँदै, १६ जना आइसीयूमा

वीरगंज : वीरगंजमा नारायणी, वीरगंज हेल्थकेयर, गण्डक कोभिड अस्पताल बन्द भइसकेपछि नेशनल मेडिकल कलेजको नगवास्थित बाबा होटलमा रहेको कोभिड अस्पतालमा संक्रमितहरुको संख्या बढ्न थालेको छ।

भदौ २६ गतेदेखि १७० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो। अस्पतालमा आइतवार दिउँसो सम्म ३३ जना पुरुष उपचाररत छन्। जसमध्ये १६ जना आइसीयूमा रहेको बताइएको छ। अस्थायी कोभिड अस्पतालका फोकल पर्सन डा असरफ हुसैनका अनुसार २५ वटा आइसीयू बेडसहित अस्पतालले उपचार सेवालाई जारी राखेको बताए।

उनले आइतवार एकै दिन २ महिलासहित ९ जना संक्रमित निको भएर घर फर्किए पनि ३३ जना भर्ना रहेको जानकारी गराए। नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पतालबाट जटिल प्रकारका संक्रमित पनि ठिक भएर घर फर्किरहेको बताइएको छ।

चिकित्सकका अनुसार आइतवार पर्साका एक ४९ वर्षीय सिक्यापमा राखिएका गम्भीर संक्रमित र हृदयघात खेपेकी बाराकी ४५ वर्षीया संक्रमित पनि निको भएर घर फकेको अस्पतालले जनाएको छ। आइतवार बाबा होटलको कोभिड अस्पतालबाट निको भएर घर फर्किनेमा पर्साका ४ पुरुष र एक महिला गरी ५ जना, बाराका एक महिला र एक पुरुष गरी २ जना तथा रौतहटका २ पुरुष गरी ९ जना रहेका छन्।

बाबा होटलमा हालसम्म १० जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ। वीरगंजका अन्य कोभिड अस्पताल बन्द भइसकेको अवस्थामा बाबा होटलमा सञ्चालनमा आएको अस्थायी कोभिड अस्पतालका कारण अन्य अस्पतालमा जनरल सेवा सञ्चालन गर्न सहयोग पुगेको छ।

पर्सामा हालसम्म २ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये संक्रमणका कारण ४५ जनाको हालसम्म मृत्यु भइसकेको छ। गत शुक्रवारसम्म पर्सामा २ हजार १ सय ३३ जना निको भएर घर फर्किसकेका थिए।

२७ जना सामूदायिक आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पर्सामा हाल २५० जना संक्रिय कोरोना संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell