PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि, १५ बर्षीय बालक पक्राउ



फूलमाया पुरी

मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि, १५ बर्षीय बालक पक्राउ

विराटनगर : सुनसरीको बराहक्षेत्र-१ कटहरेमा मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि भएको छ। आफ्नै घरमा मृत फेला परेकी १२ बर्षीया बालिकाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आइतवार बिहान २ बजे १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। मिनाका बुबाआमा छिमेकीको घरमा धामी लगाउन गएका थिए।

धामीकोबाट घर फर्केका बुबा आमाले ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। यता घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शंकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो।

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पनि प्रहरी टोली खटेको थियो। अनुसन्धानमा खटिएको संयुक्त प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेको हो। यससंगै उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ।

हत्यामा संलग्नलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गरेको प्रदेश प्रहरी कार्लयले जनाएको छ। घरमा मिना मात्र एक्लै रहेको अवस्थामा ती बालक उनको घरमा गएका थिए। शनिवार राती १० बजे ती बालक चटपटे खान भनि गएको अवस्थामा उनीहरुबीच वादविवाद भएको बताइएको छ।

ती बालकले मिनालाई सिसाको बोत्तलले टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरेको र आफू आफ्नै घरमा गएर सुतेको सोधपुछका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell