PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्न क्रिकेट खेलाडी संघको राखेप र क्यानलाई आग्रह



पहिलोपोस्ट

खेलाडी वर्गीकरणलाई पुनर्विचार गर्न क्रिकेट खेलाडी संघको राखेप र क्यानलाई आग्रह

काठमाडौं : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले चितवनमा बसेको बैठकबाट गरिएको खेलाडी वर्गीकरणको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेको छ। सिप्यानले बैठकका निर्णयहरुले सकारात्मक र सुधारात्मक सन्देश दिए पनि क्रिकेट खेलाडीबाट खेलाडी वर्गीकरणका क्रममा गुनासो आएकोले त्यसमा पुनर्विचार गर्न आग्रह गरेको हो।

सिप्यानको विज्ञप्तिमा तीनवटा विषयमा ध्यानकर्षण गराइएको छ। जसमा पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर वर्गीकरण गर्नुपर्ने, विभेदको अनुभुति हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्ने र खेलाडीको दुर्घटना बिमा लगायतको सन्दर्भमा संघको कदम सरहानीय भएको यद्यपि यसको दायरा फराकिलो बनाउनु पर्ने आवश्यकता औल्याइएको छ।

असोज ६ गते बसेको क्यानको बैठकले राष्ट्रिय टिमका १९ जना महिला र १८ जना पुरुष खेलाडीको सेन्ट्रल कन्ट्राक्ट गर्नेलगायतका ९ वटा निर्णय गरेको थियो। जसअनुसार सेन्ट्रल कन्ट्राक्टमा रहने पुरुष खेलाडीको ए ग्रेडको ५० हजार, बी ग्रेडको ४० हजार, सी ग्रेडको तीस हजार प्राप्त गर्नेछन् भने महिलातर्फ ए, बी र सी ग्रेडमा रहने खेलाडीहरुले क्रमश १५, १२ र १० हजार प्राप्त गर्नेछन्। यसले विभेद निम्ताएको भन्दै क्यानको आलोचना समेत भएको थियो।

यसबाहेक पनि खेलिहरेका खेलाडी कन्ट्र्याक्टमा नपरेका र परेका खेलाडीहरुमा पनि तलमाथि भएको भन्ने गुनासाहरु आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell