PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोनाबाट एक जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिका क्षेत्र अनिश्चित कालका लागि सिल



एम बम

कोरोनाबाट एक जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिका क्षेत्र अनिश्चित कालका लागि सिल

कैलाली : कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चित कालका लागि सिल गरिएको छ। नगर उपप्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो।

बैठकले स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने बताइएको छ।

यस्तै, सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ। यसका साथै आवत जावतमा पनि पूर्ण रुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा आउन जान पनि रोक लगाइएको छ। भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका-३ का २९ बर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रवार स्थानीय लामाधारमा मृत फेला परेका थिए।

मृत भेट्टिएका ती पुरुषको शनिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो। कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरेर परीक्षण गर्ने निर्णय पनि भएको छ।

६ दिन अगाडि बैंग्लोरबाट हिँडेका ती पुरुष बिहीवार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका थिए। गौरीफण्टादेखि मृत भेट्टिएको स्थानसम्म ती पुरुषको सम्पर्कमा आएका र उनी चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell