PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मयंक र राहुल चम्किँदा राजस्थानलाई पञ्जाबको २ सय २४ रनको लक्ष्य



पहिलोपोस्ट

मयंक र राहुल चम्किँदा राजस्थानलाई पञ्जाबको २ सय २४ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई २ सय २४ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको प ञ्जाबका ओपनरद्वय मयंक अग्रवाल र कप्तान के एल राहुलको साझेदारी जम्दा पञ्जाबले राम्रो स्कोर बनाउन सक्यो। पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनाएको हो।

पञ्जाबका लागि अग्रवालले सर्वाधिक ५० बलमा १०६ रन जोड्दा कप्तान राहुलले ६९ रन जोड्दै पभेलियन फर्किए।

त्यस्तै ग्लेन म्याक्सवेल र निकोलस पुरनले अभिजित क्रमश १३ र २५ रन जोडे।

राजस्थानका अंकित राजपुत र टम करनले समान १/१ विकेट लिए।

राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell