PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

होफेनहाइमसँग हार्‍यो बायर्न म्युनिख



पहिलोपोस्ट

होफेनहाइमसँग हार्‍यो बायर्न म्युनिख

जर्मन बुण्डेसलिगा अन्तर्गतको आज भएको खेलमा साविक विजेतासमेत रहेको बायर्न म्युनिख पराजित भएको छ। रेहिन नेक्कर एरेनामा भएको खेलमा घरेलु टोलीले बायर्नमाथि ४-१ को सानदार जित निकालेको हो।

होफेनहाइमको जितमा इरमिन बिकाकचिच, मुनास दब्बुर र आन्द्रेज क्रमारिकले गोल गरे। बायर्नको लागि जोसुवा किममिचले सान्त्वना गोल गरे।

खेलको १६ औं मिनेटमै बिकाकचिचको गोलमा होफेनहाइमले खेलमा अग्रता बनाएको थियो। २४ औं मिनेटमा दब्बुरले अर्को गोल थपे। उता बायर्नका लागि किममिचले ३६ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा होफेनहाइम २-१ ले अघि रह्यो। दोस्रो हाफमा क्रमारिकले होफेनहाइमका लागि दुई गोल थपे। उनले खेलको ७७ औं मिनेटमा र अतिरिक्त समयमा गोल गर्दै बायर्नमाथिको सानदार जित सुनिश्चित गरे।

योसँगै च्याम्पियन्स लिग जितेको बायर्नले सन् २०२० मा पहिलो हार ब्यहोरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell