PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु



रासस

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

कलैया : बसले स्कुटीलाई ठक्कर दिँदा आइतवार साँझ तीन जनाको घटनास्थलमा मृत्यु भएको छ।

आइतवार साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका-१ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नम्बर २ (०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक निजगढ नगरपालिका-१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

बस चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ। दुवै सवारी प्रहरी नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell