PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

हत्या मुद्दाका दोषी ३४ वर्षपछि पक्राउ



रासस

हत्या मुद्दाका दोषी ३४ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक : आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका-७ का एक जना ३४ वर्षपछि पक्राउ परेका छन्। फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए।

फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो। सजाय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटिएको टोलीले आइतवार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell