
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबमाथि राजस्थान रोयल्सले ४ विकेटले जित निकालेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका ओपनरद्वय मयंक अग्रवाल र कप्तान के एल राहुलको साझेदारी जम्दा पञ्जाबले ठूलो स्कोर बनाउन सकेको थियो। पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२३ रन बनाएको थियो।
पञ्जाबका लागि अग्रवालले सर्वाधिक ५० बलमा १०६ रन जोड्दा कप्तान राहुलले ६९ रन जोड्दै पभेलियन फर्किए।
त्यस्तै ग्लेन म्याक्सवेल र निकोलस पुरनले अभिजित क्रमश १३ र २५ रन जोडे।
राजस्थानका अंकित राजपुत र टम करनले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले आक्रामक ब्याटिङ गर्दै पाएको ठूलो रन पछ्याउन सफल भयो। उसले तीन बल बाँकी रहँदा नै लक्ष्य भेट्टायो।
राजस्थानका लागि सञ्जु सामसनले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ८५ रन जोडे। त्यस्तै कप्तान स्टीभ स्मिथले ५० रन जोड्दा राहुल तेवतिया राजस्थानका लागि गेमचेन्जर सावित भए। १९ औं ओभरमा ५ छक्का प्रहार गरेका उनले राजस्थानको गुम्दै गरेको आशालाई जगाए। उनले ३१ बलमा ५३ रन जोडे। र, जोफ्रा आर्चरले ३ बलमा १३ रन प्रहार गर्दै लक्ष्य भेट्टाउन योगदान दिए।
पञ्जाबका लागि मोहम्मद सामीले ३ विकेट लिँदा सेल्डन कोट्रेल र जेम्स निसमले १/१ विकेट लिए। तीन खेल खेलेको पञ्जाबको यो दोस्रो हार हो भने दुई खेल खेलेको राजस्थानको यो लगातार दोस्रो जित हो।