PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

भार्डीको ह्याट्रिकमा म्यानचेस्टर सिटीमाथि लेस्टर सिटीको जित



पहिलोपोस्ट

भार्डीको ह्याट्रिकमा म्यानचेस्टर सिटीमाथि लेस्टर सिटीको जित

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा लेस्टरसिटीले म्यानचेस्टर सिटीमाथि सानदार जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा लेस्टर सिटीले ५-२ घरेलु टोलीमाथि रवाफिलो जित निकालेको हो।

लेस्टरको जितका लागि जेमी भार्डीले ह्याट्रिक गरे भने जेम्स म्याडिसन योउरी टाइलेमन्सले १/१ गोल गरे।

खेलमा अग्रता भने म्यानचेस्टर सिटीले लिएको थियो। रियाद महरेजको गोलमा खेलको चौथो मिनेटमै घरेलु टोलीले अग्रता बनायो। उता लेस्टरका लागि जेम्मी भार्डीले ३७ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा टुंगियो।

दोस्रो हाफमा भार्डीले नै लगातार दुई गोल थपे। उनले खेलको ५३ औं र ५८ औं मिनेटमा गोल थपे। ५८ औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यस्तै ७७ औं मिनेटमा म्याडिसनले गोल गर्दा ८४ औं मिनेटमा म्यानचेस्टरका लागि नथन एकेले गोल फर्काए। खेलको ८८ औं मिनेटमा पनि लेस्टरले पेनाल्टीको अवसर पायो र त्यसलाई सदुपयोग गर्दै टाइलेमन्सले गोल गर्दा लेस्टर सिटीले म्याचेस्टर सिटीमाथि ५-२ को सानदार जित निकाल्यो।

घरेलु टोलीलाई हराउँदै लेस्टर सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लेस्टर जारी सिजन ३ खेल खेलेकोमा सबैमा जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell