स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्ला रियलमाथि फराकिलो जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको छ। क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४-० को सानदार जित निकालेको हो।
बार्सिलोनाको जितमा अंशु फाटीले २ गोल गर्दा लियोनल मेस्सी १ गोल गरे। १ गोल भने भिल्ला रियलले आत्माघाती गरेको थियो।
खेलमा सबै गोलहरु पहिलो हाफमै भएका थिए। खेलको १५ औं मिनेटमै जोर्डी अल्बाको पासमा फाटीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटभित्रै काउन्टिनोको पासमा फाटीले नै दोस्रो गोल पनि थपे। तेस्रो गोल मेस्सीले पेनाल्टीमार्फत ३५ औं मिनेटमा गर्दा चौथो गोल मेस्सीको क्रसलाई जोगाउन खोज्दा पाउ टोरेसले आत्मघाती गोल गर्न पुगे। र, बार्सिलोनाले खेल ४-० ले जित्दै ला लिगामा सानदार सुरुवात गरेको हो।
