इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र रोमा बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पियोमा भएको खेलमा युभेन्टस र रोमा २-२ को बराबरीमा रोकिएका हुन्।
खेलमा युभेन्टसका लागि रोनाल्डोले दोहोरो गोल गर्दा रोमाका लागि जोर्डन भेरेटआउटले दोहोरो गोल गरे।
रोमाका लागि ३१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भेरेट आउटले अग्रता दिलाएका थिए। उता युभेन्टसका लागि रोनाल्डोले पनि पेनाल्टी मार्फतनै खेल बराबरीमा ल्याए। तर पहिलो हाफमा अतिरिक्त समयमा भेरेट आउटले गोल गर्दा पहिलो हाफमा रोमा २-१ ले अगाडि रह्यो।
दोस्रो हाफमा रोनाल्डोले फेरि गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ६९ औं मिनेटमा ड्यानिलोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।
यसअघिको सिजनको पहिलो खेलमा रोमाले पराजय भोगेको थियो भने युभेन्टसले जित निकालेको थियो।
