PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

१ सय २६ वटा नमुना परीक्षण गर्दा ५ जनामा पोजेटिभ



पहिलोपोस्ट

१ सय २६ वटा नमुना परीक्षण गर्दा ५ जनामा पोजेटिभ

काठमाडौं : चितवनमा थप ५ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएका १ सय २६ वटा परीक्षणमध्ये ५ वटामा पोजेटिभ देखिएको हो। बाँकी १ सय २१ वटामा नेभेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका पाँचै जना रत्ननगर नगरपालिकाका रहेका छन्। तीन जना महिला र दुई जना पुरुषमा कोभिड पोजेटिभ देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell