PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालमा कोभिड १९ संक्रमण

काठमाडौं : आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड १९ संक्रमण पुष्टि भएको छ।

आइतवार गरिएको कोभिड १९ परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उपाध्यक्ष ढकालले जानकारी दिएका छन्। कोभिड पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नभएको ढकालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell