काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो गरिएको १ सय ३१ जनाको थ्रोट स्वाब परीक्षणमा १८ जनामा पोजेटिभ नतिजा देखिएको छ।
अस्पतालको माइक्रोबायोलोजी ल्याबमा गरिएको परीक्षणमा यस्तो नजिता देखिएको अस्पतालले जानकारी गराएको हो। अहिलेसम्म यस अस्पतालमा ७ सय ९६ जना कोभिड १९ संक्रमित भर्ना भएर उपचार गराएका छन्। जसमध्ये ३४ जनाको मृत्यु भएको छ भने ७ सय २४ जना ठीक भएर फर्केका छन्।
