PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

६० रुपैयाँमै एक किलो प्याज, थापाथलीमा किन्नेको भिड

६० रुपैयाँमै एक किलो प्याज, थापाथलीमा किन्नेको भिड

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको थापाथलीमा प्याज बिक्री थालेकको छ। सरकारले राजधानीका विभिन्न स्थानबाट बरामद गरेको प्याज ६० रुपैयाँ किलोमा बेच्न थालेको हो।

वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमनका क्रममा १२ हजार किलो बढी प्याज बरामद गरेको थियो। सोही प्याज खाद्यले बिक्रीमा राखेको हो।

सस्तोमा प्याज बिक्रीमा राखेपछि अहिले थापाथलीस्थित कम्पनीको परिसरमा लाइन लाग्न थालेको छ। बिहान १०:३० बजेदेखि दिउँसो ३:३० सम्म बिक्रीमा राखिएको प्याज एक जनाले ३ किलोसम्म किन्न सकिने कम्पनीले जनाएको छ। सर्वसाधारणले बजारमा एक किलो प्याजको १२० रुपैयाँदेखि माथि तिर्नुपर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell