PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पोस्टमोर्टममा खुलेन बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको मृत्युको कारण



पहिलोपोस्ट

पोस्टमोर्टममा खुलेन बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको मृत्युको कारण

कुटनीतिज्ञ रिचर्ड मोरिस मृत्यु रहस्यमयी बनेको छ। उनको शरीरको पोस्टमोर्टमले मृत्युको कारण खुलाउन नसकेको हो। उनको मृत्युको कारण जाँच बुझ गर्न खटिएका अधिकारी क्रिष्टोफोर विल्किन्सनले डेलिमेललाई उक्त जानकारी दिएका हुन्।

उनको शव सेप्टेम्बर १ मा लिस हल्ट जङ्गलमा फेला परेको थियो।

उनी गत मे १ मा मर्निङ वाकका लागि निस्किए पछि बेपत्ता भएका थिए।

५२ वर्षीय रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए। यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो।

उनका तीन सन्तान र एक श्रीमती छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell